स्याङ्जाको कोल्मामा पाँचौ क्रसकन्ट्री दौडको तयारी, खुलातर्फ पुरस्कार राशी ५० हजार

कुन विधामा पुरस्कार कति ?

स्याङ्जा | मंसिर १, २०८१

स्याङ्जाको कोल्मामा पाँचौ क्रसकन्ट्री दौडको तयारी, खुलातर्फ पुरस्कार राशी ५० हजार

पोखरा:    हरेकवर्ष स्याङ्जाको पुतलीबजार नगरपालिका–९ कोल्माको बराहचौरमा हुँदै आएको राष्ट्रियस्तरको क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

 

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले आगामी पुष ८ गते ‘स्वास्थ्यका लागि दौड राष्ट्रका लागि दौड’ भन्ने नारासहित अयोजना गर्ने पाँचौ दौड प्रतियोगिताको तयारी तिब्र पारिएको हो ।

 

अहिले प्रचारप्रसारको काम भइरहेको मञ्चका अध्यक्ष दुत प्रसाथ गुरुङले जानकारी दिए ।

 

उनका अनुसार राष्ट्रियस्तरको दौड प्रतियोगितामा ४ वटा विधामा प्रतिस्पर्धा हुनेछ । अध्यक्ष गुरुङले खेल पर्यटनको माध्यमबाट कोल्मा बहाकोट क्षेत्रको विकास गर्ने उद्देश्यले हरेकवर्ष दौड प्रतियोगिता गर्दै आएको बताए ।

 

प्रतियोगितामा खुला पुरुष, खुला महिला, २१ वर्ष मुनिका र विद्यार्थीहरु (कक्षा ८ देखि १२ सम्म) बीचको प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक चित्र गुरुङले बताए । 

 

गुरुङका अनुसार खुलातर्फ २५ किलोमिटर, खुला महिला र २१ वर्षमुनिकातर्फ १० किलोमिटर र विद्यार्थीहरुका लागि ५ किलोमिटर दुरी निर्धारण गरिएको छ ।

 

कुन विधामा पुरस्कार कति?

 

मञ्चका महासचिव जिवन पोख्रेलका अनुसार खुलातर्फको विजेता धावकले नगद रु ५० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वित्तिय हुने धावकले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, तृतीय हुने धावकले नगद रु ३० हजार, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

यस्तै खुला महिला र २१ वर्षमुनितर्फ प्रथम, द्वित्तिय र तृतीय हुने धावकले क्रमश: नगद रु १५ हजार, १० हजार र ५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । 

 

 

यस्तै विद्यार्थी विधा तर्फको प्रथम, द्वित्तिय र तृतीय हुनेले क्रमश: नगद रु १२ हजार, ८ हजार र ४ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । 
 

धावकहरुको हौसलाका लागि चार वटै विधामा दशौं स्थान हाँसिल गर्ने धावकलाई मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने पोख्रेलले बताए ।

 

ग्रामिण क्षेत्रमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गर्न सकिने सुचना प्रवाह गर्नै, खेलकुद केन्द्र निर्माण गर्न सहयोग पु¥याउने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले निरन्तर रुपमा प्रतियोगिता गर्दै आएको मञ्चका सचिव थापाले बताए । 
 

कोल्मा बराहचौरदेखि सुरु हुने दौड तनहुँ छुनेगरि काउँले– डाँडास्वारा — नाम्चे — काल्खु –खल्लुबोट—राईपुर—विसौना–रामचौतारा–बङ्गाले खोला–सिम्लेस्वारा–ओढारे–खुदी–मड्किना–मड्किना भञ्ज्याङ–सतिडाँडा हुदैं पुन: कोल्मा सम्मको क्षेत्रमा रुट निर्धारण गरिएको छ । 

 

प्रतियोगितामा सहभागिता जनाउनका लागि फोनमार्फत पनि (९८०४१३९०१२, ९८०५८९१८१३, ९८६२७०१५३९ र ९८६९०८४९२८) नाम दर्ता गर्न सकिने मञ्चका सचिव तथा प्रचारप्रसार संयोजक जिवन थापा मगरले जानकारी दिए ।

 

उनका अनुसार मञ्चका विदेश विभाग प्रमुख डोल बहादुर गुरुङको विशेष पहलमा प्रतियोगिता सम्पन्न गर्नका लागि विदेशमा आर्थिक संकलन भइरहेको छ । 

 

यस्तै प्रतियोगिताका लागि कोल्मा बहाकोट समाज युके, छिमेकी समाज हङ्कङ, कोल्मा बहाकोट आमा समूह युके, विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले आर्थिक सहयोग गरेका छन् भने, स्थानीय संघ सस्था तथा स्थानीय सरकारको पनि सहयोग रहेको आयोजकले जनाएको छ ।

 

तस्बिरमा हेर्नुहोस्, ४ विधाका रुट

 

 

 

 

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् ।    व्...

थप पढ्नुहोस्

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्